बैंककको वैभव
चाओ फ्राय नदीमा डिनर क्रूजको लागि परिवार सहित पुग्यौ। हामीले थोरै बढी शुल्क तिरेर अप्पर डेकको टिकट काटेका थियौं। हाम्रो डेकमा ९० प्रतिशत भन्दा बढी पर्यटक भारतीय थिए। क्रूजमा बज्ने सम्पूर्ण सङ्गीत भारतीय थियो। अप्पर डेक खुल्ला भएको कारण निकै चर्को बतास चल्थ्यो। मेरो सानो छोरी विरामी पर्ला कि भन्ने चिन्ता।
क्रूजको आतिथ्य राम्रो थियो। खानेकुरा मिठो थियो।
क्रूजबाट बैंककको वैभव देखियो। रातीको समयमा ढकमक्क उज्यालो र मन खोलेरै वाउ भनियो।