Disclaimer

यस ब्लगमा प्रकाशित सामग्री मेरा व्यक्तिगत विचार, अनुभव र बुझाइमा आधारित छन्। म सकेसम्म निष्पक्ष र सन्तुलित रहने प्रयास गर्छु। तर कहिलेकाहीँ मेरो ज्ञान, अनुभव वा व्यक्तिगत रुचिका कारण मेरो विचार कुनै एक पक्षतर्फ ढल्किन सक्छ। त्यसैले यहाँ व्यक्त गरिएका विचारहरू सधैं पूर्ण रूपमा निष्पक्ष हुन्छन् भन्ने ग्यारेन्टी गर्न सक्दिनँ।

यहाँ दिइएका सबै जानकारी सधैं पूर्ण, अद्यावधिक वा त्रुटिरहित हुन्छन् भन्ने ग्यारेन्टी गर्न सक्दिनँ। विशेषगरी प्राविधिक, कानुनी, वित्तीय वा अन्य पेशागत विषयमा प्रस्तुत सामग्रीलाई अन्तिम सल्लाहका रूपमा लिनु हुँदैन।

यस ब्लगमा व्यक्त गरिएका विचारहरू मेरा व्यक्तिगत विचार हुन् र आवश्यक अवस्थामा बाहेक म कार्यरत संस्था वा मसँग सम्बन्धित अन्य व्यक्तिहरूको आधिकारिक धारणा होइनन्।

ब्लगमा उल्लेख गरिएका अनुभव, समीक्षा वा विचारहरू व्यक्तिगत अनुभवमा आधारित हुन सक्छन् र अरूको अनुभव फरक हुन सक्छ।