सुन कान्छी
गीत रिलिज भएको तीन वर्षपछि र युट्युबमा करिब पाँच करोड भ्युज पाएपछि बल्ल सज्जन राज वैद्यको सुन कान्छी सुन्ने मौका मिल्यो।
गीतमा गायकको सुमधुर आवाज र लोकसङ्गीतबाट प्रभावित धुनसँग बेस र किकड्रमलाई विशेष महत्त्वका साथ पस्किएको छ। अरू धेरै नेपाली पप सङ्गीत भन्दा यसको संयोजन फरक सुनिन्छ। यो गीतमा बेसलाई गीतको संरचनाकै अभिन्न हिस्सा बनाइएको छ र यसले गीतलाई ड्राईभ गराउँछ। गीतको लो र लो-मिड फ्रिक्वेन्सीको ठूलो हिस्सा यसैले सम्हालेको छ।
मलाई बेस धेरै भएको सङ्गीत खासै मन पर्दैन। विशेषगरी पार्टीमा नाच्न बजाइने, बेसको आवाज अस्वाभाविक रूपमा बढाइएका गीतहरू मन पर्दैनन्। तर सुन कान्छी सुनेपछि एउटा कुरा महसुस भयो। सायद मलाई बेस धेरै भएको सङ्गीत त्यति मन नपर्ने होइन।
वास्तवमा, गीतको समग्र सङ्गीतसँग बेसको तालमेल हुँदा सिर्जना हुने अनुभव मलाई मन पर्ने रहेछ। सबवुफरको आवाज बढाएर कोठा नै कम्पन गराउने अनुभव भन्दा सामान्य स्पीकरमा बेसको अनुभव लिनु फरक छ। गीत शान्त, सहज र सुस्त गतिमा अघि बढिरहेको अवस्थामा पनि राम्रो बेसले सङ्गीतलाई शारीरिक रूपमै महसुस गर्न सकिने अनुभवमा बदल्न सक्छ ।
यदि तपाईंलाई पनि बेस केवल पृष्ठभूमिमा बज्ने बाजा नभई गीतको समग्र सङ्गीतात्मक अनुभवकै महत्त्वपूर्ण हिस्सा बनेको सङ्गीत मन पर्छ भने यी गीतहरू रेकमेन्ड गर्न चाहन्छु: