Showing posts tagged #fieldwork · clear

जुकाको टोकाई

जुकाको टोकाई

मलाई जुका पटक्कै मन पर्दैन तर जुकालाई भने मसँग विशेष माया छ जस्तो लाग्छ! केही दिनअघि हामी चाकु खोलाको ड्याम साइट पुग्न पैदल गएका थियौँ। वर्षा भइरहेको थियो र जुकाको शिकार हुने म मात्रै भएँ। जुका शरीरभरि टाँसिएका थिए। एउटा–एउटा निकाल्दै जाँदा २८ वटा पुगेपछि त मैले गन्नै छोडिदिएँ।

यो मेरो लागि नयाँ कुरा भने होइन। वर्षायाममा हरेक पटक हिँड्दा रगतले लतपतिएका खुट्टा लिएर फर्किने म मात्रै हुन्छु अरू सबै भने जुकाको टोकाइबाट प्राय जोगिएर आउँछन्। सायद म उकालोमा अलि बिस्तारै हिँड्ने भएकाले होला वा मेरो रगतमा नै जुकालाई मन पर्ने केही विशेष कुरा छ।

सम्मानजनक व्यवहार

कालिकोटमा फिल्डवर्कको क्रममा उभीरहेकी एक महिला सहकर्मीलाई आफू बसेको कुर्सी दिँदा मलाई एउटा अनपेक्षित कुरा भनिन्। उनले महिलालाई आफ्नो सिट नछोड्न आग्रह गरिन र त्यसो गर्दा उनलाई पुरुष महिलाभन्दा माथि भएको जस्तो महसुस हुन्छ। उनको कुरा सुनेर म केही क्षण अचम्ममा परेँ। मैले केवल “हुन्छ” भनेँ। मैले कहिल्यै कसैलाई आफ्नो सिट छोडेको उनीहरू म भन्दा कमजोर वा कम भएकोले होइन। मेरो लागि त्यो सधैं सम्मान प्रकट गर्ने एउटा सानो व्यवहार मात्र हो। हामी हुर्कँदै गर्दा महिलाहरू, बच्चाहरू र ज्येष्ठ नागरिकलाई पहिलो प्राथमिकता दिनुपर्छ भनेर सिकाइयो। उनीहरू बढी सहजताको र सम्मानजनक व्यवहारको हकदार छन्। म अहिले पनि प्राय सार्वजनिक बसमै यात्रा गर्छु र सकेसम्म महिला, बच्चा तथा बूढाबूढीहरूलाई आफ्नो सिट छोड्ने गर्छु। उनीहरूको मुहारमा मुस्कान देख्नु र धन्यवाद सुन्नुमा एउटा छुट्टै सन्तुष्टि हुन्छ। यस्तो सानो व्यवहारले उनीहरूको सहजताको ख्याल मात्र होइन, मेरो दिन पनि उज्यालो बनाइदिन्छ।