लक्डाउन अनलाइन क्लास

लक्डाउन लागेको छ। बाहिर कतै हिंडडुल छैन। सबै जना घर भित्रै सीमित भएकाले हामीले आफ्नो काममा प्रयोग हुने/हुनसक्ने विभिन्न सफ्टवेयरहरूको अनलाइन ट्रेनिंग मार्फत ज्ञान आदान प्रदान गर्ने सत्र सुरु गर्ने निर्णय गर्यौं।

स्काइप, जुम र गुगल मिट जस्ता विभिन्न प्लेटफर्महरू प्रयोग गरेर हेर्यौं तर कमजोर इन्टरनेटको कारण कुनै पनि भरपर्दो साबित भएन। सिक्ने ठूलो इच्छा हुँदाहुँदै पनि बीचबीचमा अड्किने भिडियो र टुट्ने आवाज सँगै कम्प्युटर अगाडि बस्न निकै दिक्क लाग्यो।

त्यसपछि अनलाइन क्लास लिइरहेका विद्यार्थीहरूले कस्तो सास्ती भोगिरहेका होलान् भन्ने सोच मनमा आयो।

नेपालमा डिजिटल खाडल यति ठूलो छ कि अहिलेको अवस्थामा अनलाइन शिक्षालाई प्रभावकारी विकल्प मान्नै गाह्रो छ। थोरै प्रतिशत सँग मात्र ब्रोडब्यान्ड इन्टरनेटको सुविधा रहेको तथ्यले अनलाइन शिक्षाको सीमितता स्पष्ट देखाउँछ।